तारा एयरको विमान दुर्घटनामा मारिएका भुटानीलाई नेपालीको नाममा हवाई टिकट उपलव्ध गराएको आरोपमा ट्राभल एजेन्सीका संचालक पक्राउ

काठमाडौं  – तारा एयरको विमान दुर्घटनामा मारिएका भुटानीलाई नेपालीको नाममा हवाई टिकट उपलव्ध गराएको आरोपमा ट्राभल लाइट प्रालिका प्रवन्ध निर्देशक कमला गुरुङ पक्राउ परेकी छिन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई गैर कानुनी तवरबाट हवाई टिकट वुकिङ गरी उपलव्ध गराएको आरोपमा पक्रेको हो।

 

प्रहरीले उनलाई न्युप्लाजामा रहेको ट्राभल्सको कार्यालयबाट पक्राउ गरी परिसरको हिरासतमा राखेको छ। यो घटनामा अध्यागमन विभाग समेत मुछिने देखिएको छ।