अफ्गानिस्तानमा अमेरिकी अभियान चुनौतीपूर्ण भएको अमेरिकी राष्ट्रपति बाराक ओबामाको भनाइ

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफ्गानिस्तानमा अमेरिकी अभियान चुनौतीपूर्ण तर प्रगतिपथमै रहेको बताएका छन्। अफ्गानिस्तान सम्बन्धी अमेरिकाको बार्षिक रणनीति समिक्षा प्रकाशनको क्रममा उनले सो कुरा बताएका हुन्। अमेरिकाले अफ्गानिस्तानमा तालिवान र अल कायदा विरुद्धको अभियानलाई अझ सशक्त बनाउँदै लगिएको बताए पनि अफ्गानिस्तानको हालत दिन प्रतिदिन खराब हुदै गइरहेको छ।

 

अफ्गानिस्तानमा हाल तालिवान विद्रोहीहको चलखेल बढ्दो रुपमा रहेको छ। अफ्गानिस्तानको हेलमन्द र कान्धाहार प्रान्तमा पछिल्लो समय तालिवान विद्रोहीहरुको बढ्दो प्रत्याक्रमणका कारण विदेशी सैनिक सहित सयौ  सवैसाधारणको मृत्यु भइसकेको छ। उता अमेरिकी अधिकारीहरुले अफ्गान युद्धलाई निर्णायक मोडमा पुर्‍याउन पाकिस्तानका तालिवानलाई पनि परास्त पार्नु अपरिहार्य रहेको बताएपछि अमेरिकाले पाकिस्तानमा पनि शैन्य अभियानलाई तिव्रता दिएको छ।

 

अमेरिकी मानव रहित विमानको आक्रमणका कारण पाकिस्तानी तालिवानका केही बरिष्ठ नेताहरुको मृत्यु भइसकेको छ। यद्यपी मानव रहित विमानको आक्रमणका कारण सयौ सर्वसाधारणले ज्यान गुमाएको हुनाले पाकिस्तानमा अमेरिकाप्रति तिव्र आक्रोश छ।