अफ्रिकी मुलुक आइभरीकोष्टमा सेना र प्रदर्शनकारीबीच भएको भिडन्तमा कम्तिमा २० जनाको मृत्यु

अफ्रिकी मुलुक आइभरीकोष्टमा सेना र प्रदर्शनकारीबीच भएको भिडन्तमा  कम्तिमा २० जनाको मृत्यु भएको छ। आइभरी कोष्टमा गत महिना सम्पन्न विवास्पद राष्ट्रपतिय निर्वाचनलाई लिएर हिंसा भडि्कएको अधिकारीहरुले बताएका छन्। मारिनेहरुमा १० जना प्रदर्शनकारी र १० जना सुरक्षाकर्मी रहेका छन्।

 

राजधानी अबिदजानको एक होटलमा बसेका राष्ट्रपति पदका उम्मेद्वार एलासेन ओटाराका समर्थक र वर्तमान राष्ट्रपति लौरेन्ट गाबाग्बोप्रति वफादार रहेका सैनिकबीच होटल परिसर बाहिर भिडन्त भएको बताइएको छ। दुवै उम्मेदवारले निर्वाचनमा आफूले जित हासिल गरेको दावी गरेका छन्।

 

यसका साथै दुवैले आफू आइभरीकोष्टको नयँा राष्ट्रपति भएको घोषणा समेत गरेका छन्। सोही कारण हाल आइभरी कोष्टमा राजनीतिक गतिरोध बढेर गएको छ। आइभरी कोष्टको पछिल्लो हिंसाप्रति संयुक्त राष्ट्र संघले गहिरो चासो देखाएको छ।