– बिनोद गैरे
नेकपा एमाले सीमलपानी अर्घाखाँचीको नवौं गाउ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनमा मन्तव्य राख्ने वक्ताहरुले शान्ति अग्रगमन र संविधान निर्माणका लागि राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका थिए ।
वक्ताहरुले शान्ति र संविधान निर्माण प्रति प्रतिवद्ध हुन नेपाली कांग्रेस र माओवादीलाई आग्रह गरेका छन् ।यसरी मन्तव्य राख्नुहुनेहरुमा एमाले अर्घाखाँचीका अध्यक्ष रामजी प्रसाद घिमिरे एमाले नेता पीताम्बर भुसाल जिल्ला सचिवालय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख बुद्धि बहादुर रायमाझी हुनु हुन्थ्यो ।
कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य डुकलाल बिसी क्षेत्र नं-२ का सदस्य लोकनाथ खनाल विद्यँर्थी गरिमा बिसी लगायतका वक्ताहरुले समेत मन्तव्य राख्नु भएको थियो ।
अधिवेशनले हुम बहादुर बिसीको अध्यक्षतामा २१ सदस्सीय गाउ समितिको चयन गरेको छ ।