– बिनोद गैरे
ठाडा, अर्घाखाँची – अनेरास्ववीयु अर्घाखाँचीको आयोजनामा ज्योती उच्च मावि ठाडाको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
भेलाले अरुण श्रेष्ठको अध्यक्षतामा उच्च मावि स्तरीय २१ सदस्सीय कमिटी गठन गरेको छ । नवगठित समितिको उपाध्यक्ष सचिव सह सचिव र कोषाध्यक्षमा क्रमशः शुष्मा परियार कृष्ण रेग्मी लेखनाथ बेल्बासे र सन्दिप आचार्य रहनु भएको छ ।
यसैबिच मावि स्तरमा कमला विसी अध्यक्षतामा ३५ सदस्सीय विद्यालय स्तरीय कमिटीको समेत निर्माण गरिएको छ । गठित समितिको उपाध्यक्षमा माधव बेल्बासे सचिव सुनिल परियार सहसचिव शोभा आचार्य र कोषाध्यक्षमा सुधा बर्मा चयन हुनु भएको छ ।
कार्यक्रममा अनेरास्ववीयुका जिल्ला कमिटी सदस्य नवराज बन्जाडे कृष्ण पाण्डे दिपक विसी नविन केसी अमृता केसी हरिकला बेल्बासे लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको अनेरास्ववीयुका जिल्ला सचिवालय सदस्य ह्दय भुसालले बताउनु भयो ।