– बिनोद गैरे
बागी, अर्घाखाँची – अर्घाखाँची जिल्लाको उत्तर पश्चिमी गाविस बागीका स्थानीय बासीन्दाहरु क्याम्पस संचालनको लागि सकि्रय भएका छन् । ग्रामीण क्षँेत्रका विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्नबाट बिाचत भएको भन्दै गाउलेहरु क्याम्पस निर्माणको अभियानमा जुटेका हुन् ।
शान्ति उच्च मावि बागी अर्घाखाँचीको भेलाले यस अघि नै क्याम्पस संचालन गर्ने भन्दै माओवादी जिल्ला इन्चार्ज तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर खड्का उज्ज्वलको अध्यक्षतामा ३१ सदस्सीय क्याम्पस संचालन मूल समितिको निर्माण गरेको थियो ।
क्याम्पस संचालन मूल समितिको आयोजनामा आज बागीमा क्याम्पस संचालनको सम्भावना र चुनौती बिषयक अन्तरकि्रया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले जिल्लाको पश्चिमी क्षेत्रमा क्याम्पसु नहुदा गरिब तथा विपन्न परिवारका विद्यार्थीहरु पढ्नबाट बिाचत भएको बताउदै क्याम्पस संचालनको लागि सबै किसिमको सहयोग गर्ने बताएका थिए ।
क्याम्पस संचालन मूल समितिका संयोजक चन्द्रबहादुर खड्का उज्ज्वलको अध्यक्षता र प्राचार्य मान बहादुर पाण्डेको संचालनमा सम्पन्न कार्यक्रममा विष्णु पोख्रेल राम बहादुर रायमाझी ठाकुर पन्थी होम बहादुर महत गिरी प्रसाद आचार्य झबिन्द्र खड्का डुक बहादुर अधिकारी खिमानन्द पन्थी दिनेश के।सी। राजेन्द्र खड्का नारायण प्रसाद आचार्य लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।