संयुक्त राष्ट्र संघद्बारा इराकमाथि लगाइएको नाकाबन्दी रद्द

संयुक्त राष्ट्र संघको परिषदले हिजो पन्ध्र तारिखका दिन एउटा निर्णय प्रस्तावलाई पारित गरी इराकमाथि लगाइएका सम्बन्धित नाकाबन्दी रद्द गरेको छ। यसक्रममा चीनले इराक क्षेत्रीय शान्ति र स्थिरतालाई संरक्षण गर्ने सक्रिय शक्ति बनोस् भन्दै शान्तिपूर्ण पुर्ननिर्माणको प्रक्रियालाई तिब्ररुपमा बढाउन शुभकामना दिएको छ।

           संयुक्त राष्ट्र संघले सोही दिन इराक समस्याबारे उच्च स्तरीय सम्मेलनको आयोजना गरी तीन वटा निर्णय प्रस्तावलाई पारित गरेको थियो। सो निर्णय प्रस्तावमा ठूलो परिमाणको आम विनाश अस्त्र, क्षेप्यास्त्र र नागरिकका लागि आणविकको प्रयोग गर्ने क्षेत्रमा लगाइएको नाकाबन्दी रद्द गर्ने, पेट्रोल र खानेकुरा साट्ने योजनामा बाँकी रहेका सबै गतिबिधिहरु रद्द गर्ने र इराक विकास कोषले मिलाइसकेका विभिन्न कार्यक्रमहरुको समयलाई लम्ब्याएर आउने वर्षको जूनको 30तारिखसम्म पुर्याउने आदि विषयहरु समावेश छन्।

           इराकका विदेश मन्त्री होशियार जेबारीले उक्त निर्णय प्रस्तावलाई पारित गरेको कुराबाट विश्वले इराकप्रति हेर्ने दृष्टिकोण सकारात्मक भएको र साथै इराकको सार्वभौमिकता, स्वतन्त्रता र पुनःनिर्माण आदि कुराहरुबारे राखिएका सीमितताको पनि अन्त भएको कुरा स्पष्ट हुन्छ भन्नुभयो।