सेना समायोजन विशेष समितिको सचिवालयले एक महिना भित्र माओवादी जनसेनाको समायोजन र व्यवस्थापन गर्ने कार्ययोजना तयार पारेको छ । सिंहदरबारमा आइतबार विहान विहान बसेको विशेष समितिको बैठकमा सचिबालयले आफ्नो कार्ययोजना पेश गरेको छ ।
सचिवालयका संयोजक बालानन्द शर्माले तीन चरणमा सक्ने गरि कार्ययोजना बनाइएको जानकारी दिनुभयो । कार्ययोजनामा समायोजनको मोडालिटि र अनमिन गएपछिको अवस्थालगायतका विषय समेटिएको छ ।
संयोजक शर्माका अनुसार कार्ययोजनामा राजनीतिक तहबाट निर्णय भएर अनुमति पाएपछि थप काम अघि बढाइने छ ।
गत एक गते बसेको विशेष समिति बैठकले एक महिना भित्र माओवादी जनसेनाको समायोजन र व्यवस्थापनको लिखित कार्ययोजना पेश गर्न सचिवालयलाई जिम्मा दिएको थियो ।