उत्तर पूर्वी बंगालदेशमा डुंगा डुब्दा कम्तिमा ३७ जनाको मृत्यु भएको छ। अधिकारीहरुका अनुसार मालवाहक पानीजहाजसँग ठक्कर खाएर सो डुङ्गा दुर्घटना भएको हो।
दुर्घटना राजधानी ढाकाबाट दुई सय चालिस किलोमिटर उत्तर पूर्वमा पर्ने अलिपूरस्थित सुर्मा नदीमा भएको हो। डुंगामा धेरैजसो मजदुर रहेको बताइएको छ।
मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेको उद्धारकर्मीहरुले जनाएका छन्।