यो पापी संसारमा


– भीम बहादुर बस्नेत
बागी ८ अर्घखांची,नेपाल
हाल दोहा कतार


—————————————-
फर्केर  घर  आउन  पाइन  म  हे आमा

यो  संसारबाट तिमी  बिदा  हुने  बेलामा
फर्की आउने छु एक दिन  हाम्रो  गाउँमा
मृत्यु परन्तु फेरी भेट हुने छ त्यो ठाउँमा
*******        ********         *******
टोलाउँछ्यौ  होला हेरी म  आउने   बाटोमा
व्यर्थै खेर गयो रगत पसिना बिदेशी माटोमा
गरीब  भनी  लेखे छ  भाबीले   निधारमा
पैसा नै ठुलो रहेछ आमा यो पापी संसारमा
*******      ********       **********
दैबले  छल  गर्यो  आमा  हाम्रो   कर्ममा
दुनियाँ हासेर उडाउछन हाम्रो पिडा र मर्ममा
कती  बाच्नु  घृणाको पात्र  भै  यो सहरमा
आँखाको  कसिंगर  झैँ  अरुको  नजरमा
********      ********        ********
जन्मायौ  हुर्कायौ  बाबु  ताते  ताते  नानी
कैयौ  रात  बिताई  हौली  तारा  गनी  गनी
बिरामी पर्दा हेर्थ्यौ होला भोक प्यास नभनी
कसरी तिरुं आमा दुधको भारा म भए ऋणी