बटुवा बनी घुम्दै आए (गीत)


– भीम बहादुर बस्नेत
बागी ८ अर्घखांची,नेपाल
हाल दोहा कतार

 

रुपै राम्रो पुर्णिमाको  जून झैँ
लजालु  तिम्रो  आनी   बानी
हराए  म  तिम्रो  नयन   मै
झनै  लोभ  लाग्दो   जवानी


           पुर्णिमाको  जून  बनी  हांसी  रहयौ
           म तारा बनी झिल्मीलाँय तिम्रो छेउ
           मर्जी  तिम्रो  साँझको पाहुँना
           म बास  बस्न  देउ  या  नदेउ


तिमी  नै  हो  हजारौंमा   एक
मेरो पहिलो र अन्तिम रोजाई
तिमी  मात्र  हो  यो  दिलको
रानी  छैन  अरु   कोही


          तिमी  फुल  बनी  फुली  रहयौ
          म भमरा बनी डुली रहेँ तिम्रो छेउ
          मर्जी  तिम्रो  साँझको   पाहुँना
          म बास  बस्न   देउ  या  नदेउ


चाहिदैन सुन,चांदी,हिरा मोती

तिम्रो चोखो माया  भए  पुग्छ
साथ  दिन्छु  भन  एक  चोटी
हुन्न  भने  यो  मन  दुख्छ


          बटुवा बनी घुम्दै आए बास
          बस्न तिम्रो कलेजीको छेउ
          मर्जी तिम्रो साँझको पाहुँना
          म बास  बस्न  देउ या नदेउ