प्योङयाङको चेतावनीलाई बेवास्ता गर्दै दक्षिण कोरियाद्वारा सिमा क्षेत्रमा सैनिक अभ्यास, तत्काल जवाफ नदिने उत्तरकोरियाको भनाइ

आफ्नो चेतावनीका बाबजुद पनि दक्षिण कोरियाली सेनाले दुईदेशको सिमा क्षेत्रको द्धिपमा गोलिवारी सहितको सैनिक अभ्यास शुरु गरेपनि उत्तर कोरियाले त्यसलाई जवाफ नदिने बताएको छ।

 

उत्तर र दक्षिण कोरियाविचको तनाव उच्च विन्दुमा पुगेको समयमा शूरु भएको गालिवारीको अभ्यासले कोरियाली प्रायद्धिप पुन तनावग्रस्त बन्ने चिन्ता बढेको थियो। गत महिना दक्षिण कोरियाली सेना अभ्यासको क्रममा रहेकै बेला उत्तर कोरियाले दक्षिण कोरियाको योनपियोङ द्धिपमा आक्रमण गरेको थियो। सो आक्रमणका क्रममा दक्षिण कोरियाका दुई सैनिक र दूई सर्वसाधारण मारिएका थिए। तर उत्तर कोरियाली सञ्चार माध्यमहरुले पछिल्लो सैनिक अभ्यास जवाफ दिनु पर्ने नरहेको बताएका छन्। यस अघि प्योङयाङले दक्षिण कोरियाद्धारा हुने कुनै पनि प्रकारको सैनिक अभ्यास आफूलाई आक्रामक र उत्तेजक बनाउने कोसिसको रुपमा लिइने चेतावनी दिएको थियो।

 

यसैविच कोरियाली प्रायद्धिपको बढ्दो तनावका विषयमा छलफल गर्नका लागि अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा बोलाइएको राष्ट्रसंघ सुरक्षा परिषदको बैठक विना निष्कर्ष टुङ्गिएको छ। चीनले उत्तरलाई आलोचना गरिएको प्रस्तावमा असहमती जनाएपछि बैठक निष्कर्ष विहिन भएको बताइएको छ।