अव्यवस्थित रुपमा गरिने सवारी पार्किङ्गका कारण सन्धिखर्कका स्थानीय बासिन्दाहरुलाई निकै ठूलो सास्ती


 

सन्धिखर्क, अर्घाखाँची – अव्यवस्थित रुपमा गरिने सवारी पार्किङ्गका कारण अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कका स्थानीय बासिन्दाहरुले निकै ठूलो सास्ती ब्यहोर्नु परेको छ ।

 

जीप बस तथा ट्रकहरु जहाँ मन लाग्यो त्यहीं सडक र बजारका गल्लीगल्लीमा बाटो नै छेक्ने गरी व्यवसायीहरुले पार्किङ्ग गर्दा निकै सास्ती ब्यहोर्नु परेको स्थानीय बासिन्दाहरुको भनाइ छ । गाडी हल्टेज रहेको समयमा बसपार्क तथा जीपपार्कमा लगेर गाडी राख्नुपर्नेमा सडकमा खडा गरेर राख्दा संचालनमा आएका अरु यातायातका साधनहरुलाई बाटो काट्न कठिनाइ भएको छ ।

 

चुत्राबेसीको भक्तिटोलामा जहिले पनि बाटो नै छेकेर जीपहरु पार्किङ्ग गरेको पाइन्छ । जिल्लाको पश्चिमी क्षेत्र हंसपुर गोखुङ्गा बाँगी अर्घा र खनको लागि यातायात संचालन गरिने भक्तिटोल चोकको बजारमा जीपहरु पार्किङ्ग गरेर राख्दा निक्कै सास्ती हुने गरेको स्थानीय बासिन्दा तथा होटल व्यवसायी संघका अध्यक्ष पदम भुसालले बताए ।

 

स्थानीय बासिन्दाहरुका अनुसार अनियन्त्रित र अव्यवस्थित रुपमा गरिने पार्किङ्गका कारण एम्बुलेन्स संचालनका साथै मोटरसाइकल संचालन गर्न र मानिसहरुलाई िहंडडुल गर्नसमेत निकै समस्या भएको छ ।

 

पटकपटक जिल्ला जीप व्यवसायी प्रशासन प्रहरी र ट्राफिकलाई आग्रह गर्दा पनि कुनै निकायबाट व्यवस्थित पार्किङ्गका लागि प्रयास नगरिएको स्थानीय बासिन्दाहरुको आरोप छ ।

 





Radio Arghakhanchi contributed to this report.



अन्य समाचारहरु