रुसी राष्ट्रपति दिमित्र मेदभिदेव भारतको दुइ दिने भ्रमणका क्रममा नयाँ दिल्लीमा, आणविक तथा रक्षा सम्बन्धी सम्झौता हुने

रुसी राष्ट्रपति दिमित्र मेदभिदेव भारतको दुइ दिने भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। भारत भ्रमणका क्रममा राष्ट्रपति मेदेभिदेवले भारत सँग अर्बौ डलरका आणवकि तथा रक्षा सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ। राष्ट्रपति मेदेभिदेवले भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीसँगको भेटवार्ता पछि दुबै नेताहरुले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्ने कार्यक्रम रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

 

रुसी राष्ट्रपति मेदभिदेवको भारत भ्रमणका क्रममा भारतसँग पाचौ पुस्ताको लडाकु जेटको विकासका लागि तिस अर्ब डलर बराबरको सम्झौता हुने कार्यक्रम रहेको बताइएको छ। त्यसैगरी रुस र भारतबीच रुसी आणविक संयन्त्रका विषयमा पनि सम्झौता हुने बताइएको छ। भारत भ्रमण पुर्व राष्ट्रपति मेदेभिदवले भारत र रुसबीच गाढा सम्बन्ध रहेको बताएका थिए।

 

भारतले लामो समय देखि रुसमा निर्मित हतियार आयात गर्ने गरेको छ। तर हाल रुस र भारत बीचको कुटनीतिक सम्बन्ध यसअघिको तुलनामा फरक र परिवर्तित रहेको भनाइ विश्लेषकहरुको छ।