अवैध मोटरसाइकल पक्राउपछि अर्घाखाँचीको सन्धिखर्कका सडक सुनसान

[Picture+0149.jpg]

 

सन्धिखर्क – एक वर्ष पहिलेसम्म मोटरसाइकलको अत्यधिक चाँप भएको अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा अहिले फाटफुट मात्रै मोटरसाइकल संचालनमा छन् ।

 

ट७३टछछघघसाफिक प्रहरीले अवैध मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही प्रकि्रया अगाडि बढाउन थालेपछि सदरमुकाम सन्धिखर्कमा संचालन हुने मोटरसाइकलमा अप्रत्यासित रुपमा कमी आएको हो ।

 

एक वर्ष पहिलेसम्म दैनिक १५० देखि २०० वटासम्म मोटरसाइकल गुड्ने गरेको सदरमुकाममा हाल करिब ७० देखि ९० वटासम्म मोटरसाइकल संचालन हुँदै आएका छन् ।

 

एक दशकयता अर्घाखाँचीमा खुलेआम अवैध मोटरसाइकल संचालन हुँदै आएका थिए । राजनीतिक दलहरुको अवैध मोटरसाइकल चालकहरुलाई संरक्षण हुनुका साथै दलका कार्यकर्ताले अवैध मोटरसाइकल संचालन गरेकाले कारबाही गर्न नसकिएको भन्दै प्रशासन र प्रहरीका प्रमुखहरु पन्छिन खोजेको कारण जिल्लाभित्र अवैध र चोरीका मोटरसाइकलहरुले वैधानिकसरह मान्यता पाएका थिए ।

 

दस महिनाको अवधिमा मात्रै अर्घाखाँचीबाट ५० वटा अवैध मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही प्रकि्रया अगाडि बढाएको ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी सहायक निरीक्षक दयाराम पौडेलले बताए । अवैध मोटरसाइकल नियन्त्रणमा िलंदा सुरुको अवस्थामा निकै चुनौती र धम्कीहरु आए पनि हाल भने अवैध मोटरसाइकल पक्राउ गर्न सहज बन्दै गएको प्रनाउ गुरुङको भनाइ छ ।

 

प्रहरीले बजार एरियामा ट्राफिक चेकजाँच कडा पारेपछि अवैध मोटरसाइकलहरु ग्रामीण क्षँेत्रमा विस्थापित बनेका छन् । सदरमुकाममा अवैध मोटरसाइकल संचालनमा पूर्णतया कमी आए पनि ग्रामीण क्षेत्रमा भने आवश्यक जनशक्ति र साधन श्रोतको अभावमा प्रभावकारी किसिमले काम गर्न नपाएको ट्राफिक प्रमुख पौडेलले बताए ।

 

अवैध मोटरसाइकल पक्राउ गरी कारबाही गर्न थालेपछि सन्धिखर्कमा मोटरसाइकल शो रुमबाट नयाँ मोटरसाइकल निकाल्नेहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गत ३ महिनामा मात्रै सन्धिखर्कमा ४० वटा नयाँ मोटरसाइकल ल्याइएको छ ।

 

१५ देखि २० हजारसम्ममा राम्रो कण्डिसनका मोटरसाइकल पाइँंदा सन्धिखर्कमा स्कुले विद्यार्थी बेरोजगार युवाहरुले ठूलो संख्यामा मोटरसाइकल संचालन गर्ने गरेका थिए । मोटरसाइकलको बढ्दो चाप र असीमित गतिका कारण स्थानीय बासिन्दाहरु पटकपटक दुर्घटनाको सिकारसमेत भएका थिए ।

 

महंगो मूल्यमा मोटरसाइकल किन्नुपर्ने र स-साना बालबालिकाहरुलाई मोटरसाइकल चलाउन अभिभावकले प्रतिबन्ध लगाएपछि हाल दुर्घटनामा कमी आउनुका साथै बालबालिका वृद्ध तथा अपाङ्गलाई बाटो काट्न सजिलो भएको स्थानीय बासिन्दाहरुको भनाइ छ ।

 

“Radio Arghakhanchi” writer Shobhakar Panthi contributed to this report from Sandhikharka.



अन्य समाचारहरु