राजनीतिक संकट गहिरिँदै गएपछि फ्रान्सद्वारा आफ्ना नागरिकहरुलाई आइभरीकोष्ट छाड्न आह्वान

आइभरीकोष्टमा विवादास्पद राष्ट्रपतीय चुनावपछि उत्पन्न संकट गहिरिँदै जाँदा फ्रान्सले आफ्ना नागरिकहरुलाई आइभरीकोष्ट छाड्न आह्वान गरेको छ। आइभरीकोष्टमा करिव पन्ध्र हजार फ्रान्सेली नागरिक रहेको र सरकारले सावधानीका लागि यस्तो कदम चालिएको फ्रान्स सरकारका प्रवक्ताले बताएका छन्।

 

 यसअघि राष्ट्रसंघीय महासचिव बान कि मुनले आइभरीकोष्टमा पुनः गृहयुद्ध भड्किन सक्ने चेतावनी दिएका थिए। चुनावमा पराजित भएर पनि सत्ता छाड्न अस्वीकार गरेका राष्ट्रपति लरेष्ट बाग्वोले आइभरी काष्ेटमा तैनाथ अन्तर्राष्ट्रिय सेनालाई देश निकाला गर्ने चेतावनी दिएपछि महासचिव बानले यस्तो चेतावनी दिएका थिए।

 

उता महासचिब बान कि मूनको चेतावनी पछि राष्ट्रपति लरे48ट बाग्बोले अन्तर्राष्ट्रिय समर्थन रहेका विपक्षी नेता अलासेन ओटारासँग वार्ता गर्र्न तयार भएको बताएका छन्। अन्तर्राष्ट्रिय समुदायलाई चुनावी नतिजा पुनरावलोकन गर्न आह्वान गरेपनि उनले आफू राष्ट्रपति पदमा भने रहिरहने अडान लिएका छन्।