दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार दक्षिण कोरियाली सेनाले आज बीस तारिख दिउँसो योन प्योङ्ग टापुमा समुद्री सुटिङ्ग तालिमको आयोजना गरेको छ। हाल सो सुटिङ्ग तालिम सम्पन्न भइसकेको छ।
थाहा पाएअनुसार दक्षिण कोरियाली सेनाले आज दिउँसो साढे दुइ बजेदेखि योन प्योङ्ग टापुको दक्षिण-पश्चिमी क्षेत्रमा 40किलोमिटरको लम्बाइ र 20 किलोमिटर चौडाइको समुद्री क्षेत्रमा उक्त सुटिङ्ग तालिम गरेको छ। यसबाहेक उत्तर कोरियाबाट हुनसक्ने सैनिक प्रतिक्रियाको सामना गर्नका लागि दक्षिण कोरियाली सेनाले पश्चिमी समुद्री क्षेत्रमा एफ-15के लडाकु-विमान र दश वटा सैनिक जहाजको बन्दोबस्त गरेका छन्।