अर्घाखाँचीमा रिपोर्टर्स क्लबको गठन

– वीरेन्द्र केसी

 

सन्धिखर्क, अर्घाखाँची – जिल्लामा कृयासिल वरिष्ट पत्रकारहरुको शुक्रवार सन्धिखर्कमा भएको बृहत भेलाले रिपोर्टस क्लब नेपाल अर्घाखाँची शाखाको गठन गरेको छ । भेलाले मेधावी पत्रिकाका प्रकाशक राम कुमार क्षेत्रीको अध्यक्षतामा नौ सदस्यीय जिल्ला शाखाको गठन भएको छ ।

 

जसको उपाध्यक्षमा सहयोगी बीसी सचिवमा कान्तिपुर संवाददाता तथा अर्घाखाँची डटकमका सम्पादक वीरेन्द्र केसी सहसचिवमा गोरखापत्र दैनिक तथा रेडियो अर्घाखाँचीका गणेश खनाल र कोषाध्यक्षमा सितल नेपालका अध्यक्ष वेगम कँुवरलाई सर्वसम्वत चयन गरेको छ ।

 

सदस्यमा रासस संवाददाता तथा रेडियो देउरालीका पे्रमनारायण आचार्य पत्रकार महासंघका कोषाध्यक्ष रिषि भुसाल रेडियो देउरालीकी समाचार वाचिका सबिता आचार्य र नेशनल टेलिभिजनका संवाददाता रुद्रमणि भुसाल रहेका छन ।

 

त्यस्तै क्बलले सल्लाहकार समिति समेत चयन गरेका छ । जसको संयोजकमा पत्रकार महासंघका सस्थापक सभापति तथा रेडियो देउरालीका स्टेशन म्यानेजर विष्णु प्रसाद भुसाल सदस्यमा पत्रकार महासंघका अध्यक्ष नीम बहादुर रीजाल उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ महासंघका सचिव तथा रेडियो अर्घाखाँचीमा स्टेशन म्यानेजर शोभाखर पंथी एनएनआरका केन्द्रीय सचिव क्रान्ति सिह विक प्राक्टिकल एक्सन नेपालका कोडिनेटर सुरज कुमार शर्मा मानव अधिकारकर्मी खिम प्रसाद मरासिनी महासंघका सदस्य हिम बहादुर जिसी र क्रान्तिकारी पत्रकार संघका अध्यक्ष अशोक खनाल रहेका छन ।

 

त्यस्तै क्लबको संरक्षकमा कतारमा व्यावसायी गर्दै आएका चुत्रावेशी निवासी समाजसेवी युवा नारायण प्रसाद खनाल रहेको क्लबले जनाएको छ ।

 

क्लबले जिल्लाका समसामयिक विषयवस्तुको बारेमा साक्षात्कार कार्यक्रम सचालनका साथै नागरिक बहस लगायतका कार्यक्रम सचालन गर्ने जनाएको छ । रिपोटस्र क्लब नेपाल अर्घाखाँचीको सन्धिखर्कमा केही दिनभित्रै कार्यलयको उदघाटन क्लबका केन्दिय अध्यक्ष ॠषि धमलाले गर्ने कार्यक्रम रहेको छ ।



अन्य समाचारहरु