मुम्बईमा चारजना शङ्कास्पद आतङ्कारी घुसेको भारती प्रहरीले दाबी गरेका छन्। भारतको आर्थिक राजधानी मानिने मुम्बईमा लुकेका ती चार आतङ्कवादीहरू आतङ्कवादी समूह लस्कर ए तोइबाका लडाकू भएको बुझिएको छ। ती लडाकूहरूले मुम्बईमा ठूलो मात्रामा विनाश गर्ने गोप्य योजना बनाएको पनि स्थानीय सञ्चार माध्यमले बताएका छन्।
प्रहरीले ती चारै जनालाई मोस्ट वान्टेडको सूचीमा राखेर तिनीहरूको तस्बीरसमेत सार्वजनिक गरेको छ। लस्कर ए तोइबाका ती लडाकूहरूमा अब्दूल करिम मूसा, नूर एलाही, वालिल जीना तथा महफूस अलाम रहेका र शहरको केन्द्रमा हिँसा भड्काउन तथा विनासका लागि प्रवेश गरेको पनि समाचारमा जनाइएको छ।
भारतीय प्रहरीले सर्वसाधारणलाई अपिल गर्दै उनीहरूलाई देखेमा तुरुन्तै प्रहरीलाई खबर गर्न पनि अनुरोध गरेका छन्।