उत्तर पश्चिमी पाकिस्तानमा सेना र विद्रोही लडाकुबीच भएको भिडन्तमा एघार सैनिक र चौबीस जना लडाकुको मृत्यु

अफगानिस्तानका सीमा क्षेत्रमा पर्ने उत्तर पश्चिमी पाकिस्तानमा सेना र विद्रोही लडाकुबीच भएको भिडन्तमा परी एघार जना सैनिक र चौबीस जना लडाकुको मृत्यु भएको छ।

 

करिव एक सय पचासको संख्यामा रहेका तालिबानी लडाकुहरुले उत्तर पश्चिमी मोहमन्द प्रान्तको बाइदनामीस्थित अर्धसैनिक चेक पोष्टमा आक्रमण गरेपछि भिडन्त भएको बताइएको छ। भिडन्तमा सेना तर्फ ठूलो क्षती पुर्‍याएको दावी तालिबानले गरेपनि सेनाले सो दावीको ख48डन गरेको छ। भिडन्तका क्रममा एघार सैनिक मारिएको र बाह्र सैनिक घाइते भएको सैनिक श्रोतले स्वीकार गरेको  छ।

 

तालिबानीहरुले भने  बाह्र सैनिक घटनास्थलमै मारिएको र आफ्नो तर्फ दुई जनाको मात्र मृत्यु भएको दावी गरेको छ। तालिबानी प्रवक्ताले केही सैनिकहरुलाई कब्जामा लिइएको पनि दावी गरेका छन्। यद्यपी सेनाले कोही पनि नहराएको भन्दै दावीको ख48डन गरेको  छ। सेनाले पुरै क्षेत्र नियन्त्रणमा लिएको र भागेका लडाकुहरुको खोजी कार्य शुरु गरेको सेनाका प्रवक्ताले जनाएका छन्।

 

मोहम्मन्द प्रान्त पाकिस्तानी तथा अफगानी तालिबानी लडाकु र अलकायदाका लडाकु आवत जावत गर्ने मुख्य विन्दु भएको बताइन्छ। पाकिस्तानी सेनाले यस अघि नियमित रुपमा सो क्षेत्रमा सैनिक कारवाही गर्दै आएको भएपनि लडाकुहरुको आक्रमण भने रोकिएको छैन।