– अम्बिका लिम्बु”आशीष ”
हाँगुम-१ सिरान टोल पाँचथर
हाल निलाई मलेसिया
धर्ती अनि आकाश बिचको
केन्द्र बिन्दु नै मायाको एक रूप हो
सायद त्यसैले नै भनिएको होला
मायामा नै यो संसार अडिएको छ भनेर
लाक्छ मलाई कुनै बेला स्पर्स गरौं
अनि आँखा भरी अघाउजी हेरिरहूँ
तर मायाले पनि कहिलेकाहिं गलत बाटो रोजदोरहेछ
म निर्धो भएर नै होला
माया म बाट टाडा भएको छ
अनि अन्जान भएको छ
जब म मायाको सन्मुख जान्छु
तब म बाट अलगीएर क्षितिजपारी
बादलुको घुम्टोभित्र सरण लिनु पुक्छ
अनि उताई बिलिन हुन्छ
तर म भने हरहमेशा माया पाँउन तल्लीन हुन्छु
अनि त्यहीं क्षितिज फेरी नियाली हेर्छु
मित्थ्या माया पाँउने अभिलाषा बोकर
तर म असफल भईरहें
अनि लागें आफ्नै गन्तब्य तीर
जिन्दगीको झिनो आशा लिएर