क्रिसमस डे र नयाँ वर्षलाई ध्यान दिँदै भारतको मुम्वइलगायतका मुख्य सहरहरुमा सुरक्षा व्यवस्था कडा

An Indian woman with her child stand in the backdrop ...

 

क्रिसमस डे र नयाँ वर्षमा भारतको  मुम्बइ र अहमदाबाद लगायतका प्रमुख शहरहरु र संवेदनशील क्षेत्रहरुमा आतंककारी आक्रमण हुनसक्ने खतरा रहेको भन्दै सुरक्षा ब्यवस्था कडा बनाइएको छ।

 

आतंककारी संगठन लस्करे ए तैबाका ४ सदस्य मुम्बइ प्रवेश गरेको र उनीहरुको उद्देश्य विनाश र हिंसा मच्चाउनुरहेको प्रहरीले खुलासा गरेको छ। मुम्बइ प्रहरीले ती ४ जनाको राष्टियताबारे पहिचान नभएकोले उनीहरु लस्करे ए तोइवा आबद्ध हुनसक्ने अनुमान गरेको हो। भारतिय प्रहरीका अनुसार आतंककारीहरुले हिन्दु धर्मालम्बकिो चाड दिपावलीमा पनि मुम्बइमा विनाशकारी आक्रमणको प्रयास गरेका थिए।

 

मुम्बइमा सन् २००८ मा भएको आतंककारी आक्रमणमा १ सय ६६ जनाको मृत्यु भएको थियो। प्रहरीले सर्वसाधारणलाई पनि आतंककारीको योजनालाई विफल तुल्याउन प्रहरीलाई सहयोग गर्न आग्रह गरेको छ। प्रहरीले आपतकालिन स्थिति वा सूचनाको लागि टेलिफोन नम्बर समेत जारी गरेको छ।