भारतको राजधानी नयाँ दिल्ली कुहिरोले ढाकिएकोले विमान उड्न नसक्ने, यात्रुहरु विमानस्थलमै



भारतको राजधानी नयाँ दिल्लीमा क्रीस्मस इभदेखि कुहिरोले ढाकिएकोले पचास वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइयात्रा रद्द गरिएको छ र यात्रुहरु बाध्यतावश विमानस्थलमै रहेका छन।

भारतीय नयाँ दिल्ली विमानस्थलका पदाधिकारीले आज जनाए अनुसार, हिजो राती नयाँ दिल्ली अन्तर्राष्ट्रिय हवाइ क्षेत्रमा विमान उड्ने बाटोमा हेर्न सकिने दूरी पचास मिटर मात्र थियो।


हिमाली क्षेत्रबाट आएको चिसो हावा तथा हिन्द महासागरबाट आएको तातो हावाको मिश्रणबाट बितेका केही दिनमा भारतको उत्तरी भागमा कुहिरोले ढाकिएको भारतीय मौसम व्यूरोका पदाधिकारीले जनाएका छन।