दुईवटा टाउको भएको शिशुको जन्मियो

दैलेख – दैलेखको भैरीकालिकाथुम गाविस-९ दाहाचौर निवासी ३७ वर्षीया विष्णुकला नेपालीले आइतबार दुईवटा टाउको भएको नवजात शिशुको जन्म दिएकी छन् ।


प्रशव व्यथा लागेपछि गाउँको बालेकाँडा उपस्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमा दिउँसो ३ बजेतिर जन्मेको नवजात शिशुको दुईवटै टाउकोमा आँखा रहेको स्थानीय बखत खत्रीले जानकारी दिनुभयो ।


बाइस वर्षअघि देउराम नेपालीसँग विवाह बन्धनमा बाँधिएकी विष्णुकलाले चार छोरा र एक छोरीपछि यसपटक जन्म दिएकी नवजात शिशु छोरी हो ।


दुईवटा टाउको भएको शिशुको जन्म भएको सुनेपछि सुत्केरीलाई घरमै भेट्न जानुभएकी स्वयम्सेविका कृष्ण खत्रीले आमा र शिशुको स्वास्थ्य सामान्य रहेको बताउनुभयो ।


सुत्केरीलाई अहिले आफ्नै घरमा राखिएको छ । रासस