हालै विश्व स्वास्थ्य संगठनले काम नलाग्ने अवस्थाको एन्टिबायोटिक्स नियन्त्रण गर्नका लागि सम्पूर्ण विश्वले ठूलो प्रयास गर्न आह्वान गरेको छ। जसबाट सुपरबगको अवस्था फेरि देखा पर्नबाट जोगाउन सकियोस्।
औषधि प्रतिरोध भनेको सूक्ष्म प्राणको प्राकृतिक प्रतिक्रिया हो र होसियारी तथा उचित रुपमा मात्र एन्टिबायोटिक्स प्रयोगमार्फत नियन्त्रण गर्न सकिने कुरा विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको लेखमा उल्लेख गरिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार, औषधि पसलले डाक्टरको स्विकृति नपाइकन एन्टिबायोटिक्स बेच्ने, औषधि कम्पनीले एन्टिबायोटिक्सको स्तरोन्नति गर्ने, विरामी आफैंले एन्टिबायोटिक्स खाने लगायतका विविध अवस्थाबाट एन्टिबायोटिक्सको व्यापक दुरुपयोग हुने गरेको छ ।