अमरिकाको पूर्वि क्षेत्रमा भिषण हिमपातका साथ चलेको हिम आँधीका कारण जनजीवन अस्तब्यस्त बनेको छ। भिषण हिमपात र विषम मौसमका कारण पूर्वि अमेरिकाका दर्जनौ विमानस्थल प्रभावित बनेको बताइएको छ। हिमआँधी अमेरिकाको पूर्वि तटिय क्षेत्रदेखि उत्तरी क्षेत्रसम्म फैलिएको अधिकारीहरुले बताएका छन्।
जसले दैनिक जीवन थप कष्टकर बताइएको छ। विषम मौसम र लगातारको हिमपातका कारण पूर्वी अमेरिकामा १४ सय भन्दा बढी उडानहरु रद्द गरिएका छन्। यसैगरी हिमपात र विषम मौसमले रेल र सडक यातायातलाई पनि प्रभावित बनाएको छ। क्षेत्रफलको आधारमा विश्वकै सवैभन्दा ठूलो न्यूयोर्क शहर हिमआँधी र विषम मौसमको चपेटामा परेको छ। न्यूयोर्क शहरका विमानस्थलहरु हिमआँधीका कारण बन्द गरिएका छन्। जसले गर्दा हजारौ यात्रीहरु अलपत्र बनेका छन्। अलपत्र परेकाहरुमा अधिकांश क्रिसमसको विदा मनाएर फर्केका यात्रु एवं पर्यटक रहेको बताइएको छ।
उता भिषण हिमपातका कारण न्यूयोर्क शहर र बोष्टन शहरबीच चल्ने रेल सेवा स्थगित हुन पुगेको छ। भिषण हिमपात जारी नै रहेको र आगामी समयमा अझ बढी हिमपात हुन सक्ने भएका कारण सो रेल सेवालाई स्थगित गरिएको रेल अधिकारीहरु बताउँछन्। न्यूयोर्क र बोष्टनबीचका कतिपय क्षेत्रमा ३० सेन्टिमिटर भन्दा बढी हिमपात मापन भइसकेको छ। हिमआँधी र विषम मौसमका कारण मेरिल्या48ड, न्यू जर्सी, नर्थ क्यारोलिना र भर्जिनिया राज्यमा संकटकाल घोषणा गरिएको छ।