विषम मौसमका कारण अवरुद्ध उत्तर पूर्वि अमेरिकाका विमानस्थलहरु सुचारु, लगातारको वर्षाका मस्कोमा हवाइ सेवा अवरुद्ध

दुई दिनदेखिको भिषण हिमपात र विषम मौसमका कारण अवरुद्ध भएका उत्तर पूर्वि अमेरिकाका विमानस्थलहरु सुचारु भएका छन्। अधिकारीहरुले मौसम्मा सुधार आएका कारण उडान सेवा स्थगित भएका अन्य विमानस्थलहरु पनि खुला गरिएको जनाएका छन्। यद्यपी अधिकारीहरुले पूर्ण रुपमा मौसममा सुधा्र आउन अझै केही दिन लाग्न सक्ने बताएका छन्। अझैपनि उत्तर पूर्वि अमेरिकाका दर्जनौ विमानस्थलमा हजारौ यात्रुहरु अलपत्र रहेको बताइको छ।
 
यता, रुसको राजधानी मस्कोमा लगातारको वर्षा र प्रतिकुल मौसमका कारण हवाइ सेवा अवरुद्ध भएका छन्। हवाइ सेवा अवरुद्ध भएपछि यात्रुहरुले सरकार विरुद्ध नाराबाजी गरेका छन्। आक्रोशित यात्रुहरुले विमानस्थलको सामान निरिक्षण क्षेत्रलाइ नियन्त्रणमा लिएको अन्तरराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। वर्षाको पानी सडकमा बरफको रुपमा जम्न थालेपछि सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको हो। मौसमविदहरुले मस्कोमा भैरहेको मौसम असामान्य प्रकृतिको रहेका बताएका छन्। मस्को विमानस्थल बरफले ढाकेको हुनाले विमानहरुले उडान भर्न नसकेको अधिकारीहरुले बताएका छन्। उता विषम मौसमका कारण मस्कोको दोमोदेदोभो विमानस्थल बढी प्रभावित भएको छ। सो विमानस्थलमा यात्रुहरु दशघ48टादेखि विजुलीविहीनै यात्रु प्रतिक्षालयमा समय विताउन बाध्य भएका छन्।