सरकारको मुख्य सहयोगी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेपछि पाकिस्तानमा राजनीतिक अस्थिरता उत्पन्न भएको छ। मुत्ताहिदा कौमी मुभमेन्ट अर्थात् एम क्यू एमले समर्थन फिर्ता लिएपछि पाकिस्तानी पिपुल्स पार्टी नेतृत्वको सरकार हल्लिएसँगै पाकिस्तानमा राजनीतिक अस्थिरता देखा परेको हो।
२५ जना सांसद रहेको एम क्यू एमका दुई जना केन्द्रीय मन्त्री समेत रहेका छन्। दुवै केन्द्रीय मन्त्रीले राजिनामा दिने बुझएको छ। मूल्यवृद्धि र भ्रष्टाचारलाई मुख्य मुद्दा बनाएर समर्थन फिर्ता लिने घोषणा गरेको एम क्यू एमले जनाएको छ।
एम क्यू एमले दक्षिणी शहर कराँचीमा पछिल्ला दिनमा फैलिएको अस्थिरता पनि सरकारबाट हट्नुको कारण रहेको बताएको छ। सरकारको नेतृत्व गरिरहेको पाकिस्तान पिपुल्स पार्टीले कराँचीमा भएको हत्यामा एम क्यू एमको हात रहेको आरोप लगाउँदै आएको छ भनेे एम क्यू एमले आरोप अस्वीकार गरेको छ।