आइभरी कोष्टको राजनैतिक संकट समाधानका लागि त्यहाँ पुगेका पश्चिम अफ्रीकी नेताहरु सत्ता छाड्न नमानेका राष्ट्रपति लरेन्ट बाग्बोलाई मनाउन असफल भएका छन्।
नेताहरुले बाग्बोले सत्ता छोड्न अस्वीकार गरेपछि आफ्नो अभियान अन्त्य भएको घोषाणा पनि गरेका छन्। गत अठ्ठाइस नोभेम्बरमा सम्पन्न राष्ट्रपतिय निर्वाचनमा निर्वाचन आयोगले विपक्षी नेता अलासेन वाटारालाई विजयी घोषणा गरेपनि त्यहाँको संवैधानिक अदालतले निर्वाचन नतिजा उल्ट्याइ दिएको थियो। बाग्बोले निर्वाचन आयोग तथा अर्न्तराष्ट्रिय समुदायले मान्यता दिएका विपक्षी नेता एलासेन वटारालाइ सत्ता हस्तान्तरण गर्न नमाने पछि सैनिक बलमा भएपनि उनलाई सत्ताच्युत गरिने चेतावनी अफ्रिकी नेताहरुले दिएका छन्।
विवास्पद चुनावी नतिजालाइ लिएर आइभरी कोष्ट तनाबग्रस्त रहदै आएको छ। चुनावी नतिजालाइ लिएर भएको हिसांत्मक प्रदर्शनका कारण हालसम्म दुई सय भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन भने दशौ हजार मानिस विस्थापित भएका छन्।