जाजरकोट – प्राप्त समाचार अनुसार पजारु-६ का बालक हिमराज रावतलाई बौलाहा कुकुरले टोक्यो। अभिभावकले वास्ता गरेनन्। कुकुरले टोकेको ७५ दिनपछि रेबिजको लक्षण देखा पर्यो। जिल्लाको दुर्गम गाउँ पजारुबाट दुई दिन पैदल हिँडेर बाबु नैनबहादुर रावतले जिल्ला अस्पताल खलंगा ल्याए ।
अस्पतालमा भर्ना गरेको दुई दिनपछि उनको मृत्यु भयो।
बौलाहा कुकुरले टोकेको ७५ दिनपछि बालकमा रेबिज रोगको लक्षण देखिएको र अस्पताल भर्ना गरिएको दुई दिनमै बालकको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका डा. अमल बस्नेतले बताए। बालकको एउटा हातमा बौलाहा कुकुरले टोकेको थियो।