एक वर्षयता धनुषामा १२ महिला तथा बालिका बलात्कारको सिकार

सुरेश यादव

 

जनकपुर – प्राप्त समाचार अनुसार एक वर्षयता धनुषामा १२ महिला तथा बालिका बलात्कारको सिकार बन्नुपरेको एक प्रतिवेदनले देखाएको छ। ती मध्ये दुई महिलाको सामुहिक बलात्कारपछि हत्यासमेत भएको छ।

 

ती मध्ये अधिकांश बलात्कारका घटना पछिल्लो साउन महिनामा घटेको इन्सेक धनुषा शाखाको प्रतिवेदनले देखाएको छ। गत माघ २७ गते मखनाहा गाउँमा स्थानीय ममिना खातुनको बलात्कार पछि हत्या गरिएको थियो। चैत १५ गते पकरीयाकी १९ वर्षीया एक किशोरीको बलात्कार भयो।

यस्तै चैत छ गते १८ वर्षीया एक भारतीय किशोरीलाई जनकपुर स्थित रेल्वे स्टेशन चौकीका प्रहरी सहायक निरिक्षक (सई) बाबुराम झाले चौकीमै बलात्कार गरे। फागुन २८ गते घोडघासकी एक ६० वर्षीया वृद्धा घाँस काट्न गएकी बेला गहुँ खेतमा बलात्कृत भए। जेठ १६ गते चक्करकी ४० वर्षीया एक महिलासँगै उनकी १६ वर्षीया छोरी समेत सामुहिक बलात्कारको सिकार भइन्।

गत साउन ५ गते रघुनाथपुरकी एक दश वर्षीया बालीका बलात्कृत भएका छन् भने साउन ३० गते शान्तिपुरकी एक १४ वर्षीया दलित बालिका र सोही दिन तुल्सीयाहीमा १३ वर्षीया बालिका बलात्कारको सिकार बनेको प्रतिवेदनमा उल्लेख छ। पछिल्लो मंसिर ६ गते दिगम्बरपुरकी चार छोराकी आमा कम्पुलको सामुहिक बलात्कार पछि निर्मम हत्या गरिएको घटना अझै संचार क्षेत्रमा जिवित छ।

केही वर्ष यता मध्य तराईमा बलात्कारको घटनामा अत्यधिक वृद्धि भएको अधिकारवादी संस्थाहरुले बताउँदै आएको छ। यस्ता घटनामा निरन्तर वृद्धि हुनुको मुख्य कारण