विश्वका अधिकाशं देशमा सन् २०११ लाई विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। दक्षिण पुर्वमा भएकाले न्यूजिल्या48डले सबैभन्दा पहिला नयाँ बर्षलाई स्वागत गरेको छ।
त्यसपछि अष्ट्रेलिया, भारत लगायत यूरोपीय देशहरुले नयाँ वर्ष मनाएका छन्। उत्तर पूर्वि अष्ट्रेलिया बाढिग्रस्त बनेको भएता पनि प्रमुख शहरहरु सिड्नी र पर्थमा आतेशबाजी गर्दै नयाँ वर्षको स्वागत गरिएको छ।
संयुक्त अरव इमिरेट्सको दुवइ शहरमा पनि हर्षोल्लाषका साथ विभिन्न कार्यक्रम गरी नयाँ वर्ष मनाइएको छ। उता अमेरिका र क्यानाडाले पनि नयाँ वर्ष मनाएका छन्। अमेरिकाको न्यूयोर्क शहर र राजधानी वाशिंगटन डिसिको मुख्य चोकमा नयाा वर्ष मनाउनको लागि हजारौ मानिस भेला भएका छन्।
इराकमा पछिल्लो समयमा हिंसामा कमी आएको मानव अधिकार संघसंस्थाहरुको प्रतिवेदन
मानव अधिकारवादी संघ संस्थाहरुले इराकमा पछिल्लो समयमा हिंसामा कमी आएको बताएका छन्। यद्यपी उनीहरुले जारी गरेको प्रतिवेदनमा इराकमा प्रत्येक दिन औसस २ वटा बम विष्फोट हुने गर्दछ र एउटा बम विष्फोटमा ४ जना मानिसको मृत्यु हुने गर्दछ।
इराक बडी काउन्ट अर्थात् आइबिसि नामक संस्थाले इराकमा सन् २००९ यता हिंसामा १५ प्रतिशतले कमी आएको जनाएको छ। आइबिसिका अनुसार सन् २००९ यता अहिलेसम्म इराकमा भड्केको हिंसामा ४ हजार भन्दा कम मानिसहरुको मृत्यु भएको छ। यद्यपी सो संस्थाले इराकमा राजनीतिक अस्थिरता रहेमा हिंसा बढ्ने प्रचुर संभावना रहेको भनी चेतावनी समेत दिएको छ। आइबिसिले इराकमा राजनीतिक अस्थिरताको अवस्था बनेमा यसले भयानक रुप लिने र यसले वर्षौसम्म असर गर्ने जनाएको छ।
प्रतिवेदनका अनुसार गत वर्ष इराकमा भड्केको हिंसा र बम विष्फोटमा परी ३ हजार ९ सय ७६ जनाको मृत्यु भएको थियो। यो वर्षको मानविय हताहतिको सम्बन्धमा आइ बि सि ले जारी गरेको प्रतिवेदनमा सबै भन्दा बढी मानिसहरुको मृत्यु बम आक्रमणबाट भएको छ। यो वर्ष इराकको हिंसामा सवै भन्दा बढी राजधानी बगदाद र उत्तरी शहर मोसूल प्रभावित बनेको छ।
इराकमा सन् २००३ यता भड्केको हिंसामा ४ हजार ४ सय ७० अमेरिकी नेतृत्वको गठबन्धन सेनाका जवान तथा अधिकारीहरुको मृत्यु भएको छ। आइ बि सिले सन् २००३ यता इराकमा भड्केको हिंसामा १ लाख ८ हजार ३ सय ९८ इराकीको मृत्यु भएको जनाएको छ। इराक सरकारद्धारा हिंसामा मृत्यु भएका इराकीहरुको संख्या भन्दा आइ बि सिको प्रतिवेदनमा समावेश सो संख्या निकै बढी हो।