फुदबाङ, अर्घाखाँची – अर्घाखाँचीको खांचिकोट ५ मा रहेको जेनिथ ईंग्लिश बोर्डिङ स्कुल फुदबाङमा एक ब्रहत अन्तरकृया र छलफल कार्यक्रम सम्पन्न भएको छ ।
प्राप्त समाचार अनुसार जेनिथ ईंग्लिश बोर्डिङ स्कूलले आयोजना गरेको छलफल कार्यक्रममा खाचिकोटको श्री चन्द्र प्रभा माबिका अध्यक्ष पिताम्बर भटराईलाई प्रमुख अतिथीको रुपमा आमन्त्रण गरिएको थियो।
यसैगरी थाहा भए अनुसार बोर्डिङका संचालक थम्मन बहादुर के.सी, जेनिथ ईंग्लिश स्कूलका अध्यक्ष सिद्दी भट्टराई र शेयर तथा समितिका सदस्य मेहर सिंह के.सी लाई पनि आमन्त्रण गरिएको थियो।
कार्यक्रममा बिद्यालयको प्रगती, आगामी दिनहरुमा चालनुपर्ने कदम, बिद्यालयको भावी योजना, अभिभाबकको भूमिकाका समन्धमा लगायतका बिषयमा छलफल भएको प्राप्त समाचार उल्लेख गरिएको छ ।
यसैगरी समाचारमा जनाइए अनुसार बिद्यालयले आगामी सत्र देखी कक्षा ८ सम्मको पढाईलाई सन्चालन गर्ने, कम्प्युटर शिक्षा प्रर्योगातमक तथा समय सापेक्ष बिभिन्न अतिरिक्त कृयाकलापका कक्षा सन्चालन गर्ने, डान्स क्लास जुडो कराते र अन्य बिभिन्न खेलकुद पनि आगामी दिनमा समाबेस गरी अगाडि जाने अर्थात बदलिदो परीबेश अनुसार लैजाने लगायतका बिषयमा सो स्कुलका प्रिन्सिपल त्रिलोक सिंह शाहले जानकारी गराएका थिए।