– राम भुसाल
नई दिल्ली, भारत (अर्घाखाँचीडट्कम) – मे २००८ मा उत्तर प्रदेशको नोएडा, भारतमा भएको हेम राज, आरुशी हत्याको घटनाबाट भारतको सबै भन्दा ठुलो जाच व्युरो सिबिआई ( केन्द्रिय अनुसन्दान व्युरो)ले आफ्नो हात निकाली उक्त घटनाको छानबिनलाई बन्द गने निर्णय गरेको छ। सिबीआईले आफ्नो रिपोर्ट यहाँको स्थानिय अदालत दिदै, यस केसको बन्द गर्ने कारण बताउदै खुलासा गरेको छ कि “मामिलाको जाचको लागि प्राप्त सबुत नभएको बताएको छ ।
साथै यस हत्याकाण्डमा दोषी मानिएका दुई जना नेपाली कृष्ण र राज कुमारलाई सफाइ दिएको छ । सिबीआईले आफ्नो रिपोर्टमा अर्को खुलसा गर्दै यस हत्याकाण्डमा कुनै पनि बाहिरी व्यक्तीको हात नभई आरुशीका आमा र बुवा ( राजेश टाल्वर र नुपोर टल्वर) लाई नै शङ्खाको कठघरामा राखेको छ।
तर सिबीवाईले भने अनुसार टल्वर दाम्पतीको खिलाफ प्राप्त सबूत नभएको हुनाले कुनै पनि मुद्दा दर्ता हुन नसकेको जनाएको छ । यस मुद्दाको आरम्भ देखि नै सबै जाचबुझ समितीको जाच भरपर्दो देखिएको छैन। साथै आरुशीका पिता राजेश टल्वर र आमा नुपोर टल्वरको भूमिका पनि स्पस्ट रहेको देखिदैन। शुरुमा आरुशीको हत्याको आरोपमा नेपाली मुलका कामदार धारापानी गाबिस वार्ड नम्बर: १, अर्घाखाँचीका हेम राज बन्जाडेलाई दोसी ठहर गरिएको थियो तर जाचमा खुलाशा भयो कि आरोप लगाइएका हेम राज बन्जाडेको पनि हत्या गरी लाशलाई घरको छानोमा फ्याकिएको थियो। अब यस हत्याकाण्डले नयाँ रुप लिदै आरुशी र हेम राजको हत्याको आरोपमा अन्य दुई जन नेपाली कामदार राज कुमार र कृष्णलाई सिबीआईले प्रकाउ गर्यो। राज कुमार र कृष्ण दुवै जनालाई थर्ड डिग्री दिदै आरोप स्वीकार गर्नको लागि मजबुर गरियो। तर मिडियाको भरपूर्ण सहयोगले गर्दा यस मुद्दा उक्त दिशामा जान सकेन जुन दिशामा यसलाई लिएर जाने योजना थियो । निर्दोस कृष्ण र राज कुमारलाई लामो समय सम्म जेलमा बन्द गरी रिह गर्नुपर्यो।
यस पुरा घटनामा कही न कही नेपालीहरुलाई दबाउने र बदनाम गर्ने भारतीय मिलेमोतो रहेको देखिएको छ जस्तो कि:-
१- शन्खाको आधारमा टल्वर परिवारको लागि काम गर्ने दुई जना नेपाली नागरिकलाई प्रकाउ गरियो,तर सन्खा हुँदा हुँदै पनि राजेश टल्वर र नुपोर टल्वरको विरुद्द कुनै मुद्दा दर्ता भएन।
२- हेम राज र अरुशीको हत्याको सिलसिलामा त्यस क्षेत्रका धेरै नेपाली मुलका नागरिकहरु सँग निरममता पुर्वक पुछपाछ गरियो तर कुनै पनि भारतीय कामदारसँग पुछ्पाछ भएन।
३- घरमा दुई जनाको हत्या हुँदा घरको अर्को कोठामा रहेका आरुशीका आमा-बुवाले कुनै पनि आवज किन सुनेनन, यस विषयमा सिबिआईले कुनै पुछ्पाछ गरेन।
४- आरुशीको हत्या भएपछि, आरुशीको कोठालाई सफा गरिएको थियो, त्यसले गर्दा कोठामा भएको प्रमाण नष्ट भए, सिबिआईले यसलाई आदर बनाइ टल्वर दम्पत्तीको विरुद्द मुद्दा दर्ता गर्न सक्ने थियो तर मुद्दा दर्ता भएन।
५- हत्याको आरोपमा प्रकाउ नेपाली( कृष्ण, राज कुमार)को नार्को टेस्ट भयो तर टल्वर दम्पतीको नार्को टेस्ट किन भएन या फेरी उनीहरुको नार्को टेस्ट गराउने विचार किन गरिएन।
६- आरुशीको हात्याको खुलशा भएपछि पुरै घरको खोजतलास नगरी हेम राजको मात्र खोजतलास किन गरियो। र यस माथि जाच समितीले राजेश टल्वरसँग घर छतको ताल्चा- चाबी माग गर्दा किन दिएन। साथै टल्वरले बहना बनाए कि चाबी उनीसँग छैन, चाबी फरर हेम राजसँग भएको भने र साथै टल्वरले छतको ताल्चा तोडन पनि किन भने, जबकी उनकी छोरीको हत्या भई सकेको छ, तालवारलाई एक चाबी यती प्यारो किन थियो।
७- आरुशीको पोस्ट मार्टम पछि यती छिट्टै उनको अन्तिम सन्स्कर किन गरियो र जाच चली रहेको बेला तालवारलाई नोएडा छोडि बाहिर जाने अर्डर कसले दियो।
८- आरुशीको पोस्ट मार्टम गर्ने डाक्टरलाई फोन गरी रिपोर्टलाई परिवर्तन गर्ने अर्डर कसले दिएको हो। पुलिस या सिबिआईले यस दिशामा कार्य किन गरेन।
९- यो खुलसा हुँदा हुँदै कि आरुशीको पोस्ट मार्टमको लागि राखिएको डिएनए परिक्षणलाई कसले बादल्ने कोशीश गरेको हो। यसको जाच किन भएन।
१०- यस पुरा घटनामा टल्वर परिवारको अन्य सद्स्यसँग सोझपुछ किन गरिएन, जबकी हेम रामसँग सम्बन्ध राख्ने तमाम नेपालीहरुसँग कठोरता पूर्वक सोझपुछ गरियो।
सिबिआईले आफुलाई असमर्थ बताउदै यस घटनाको मुद्दालाई किनारा लगाएको छ। सिबिआईले कृष्ण र राज कुमारलाई निर्दोष बताउदै मुद्दा बन्द गरेको छ। अब मामला मात्र आरुशी हत्याको मुद्दा बनेको छ। तर यस हत्याकाण्डमा परेका हेम राजलाई पनि सबैले भुलेका छन। आरुशी जस्तै हेम राज पनि कसैका सन्तान थिए। संचारमाध्यममा हेम राज बन्जाडेको नाम अब हराउदै गएको छ तर हेम राजको कमी धारापानी गाबिस वार्ड नम्बर: १, अर्घाखाँचीमा रहेको उनको परिवारलाई सदा रहनेछ। भारतीय अदालतले कृष्ण र राज कुमारलाई निर्दोष साबित गरे पछि उनको वकिलले सिबिआई माथि मान हानीको मुद्दा गर्ने फैसला गरेका छन। यस मुद्दामा हेम राज बन्जाडेको मान र सम्मानको पनि उत्तिकै हानी भएको छ। तर हेम राज र उनको परिवारको बिच्च्ल्लीको जिम्मेदार कुन हो। यस मुद्दामा मुछिएका राज कुमार र कृष्णको परिवारको के कशुर थियो? के यिनीहरु नेपाली थिए? गरीब थिए? यसको पुरै घटनामा नेपालीको मान र् सम्मानको जुन नोक्सन भयो त्यसको जिम्वेवार कुन? भन्ने नेपालीहरुको आशय रहेको छ।