नई दिल्ली, भारत – अर्घाखाँचीडटकमको भारत स्थित नई दिल्ली कार्यालयले जनाए अनुसार अर्घाखाँचीको धारापानी ५, खर्क निवासी राम जोशी भुसाल लाई दक्षिण एसिया तथा वरिष्ट भारत सम्वादातामा नियुक्ती गरेको छ । भुसाललाई १ जनवरी २०११ गते देखी लागु हुने गरि सो पदमा नियुक्त गरेको नई दिल्ली कार्यालयले जनाएको छ ।
डटकमको नेपालीहरु जुनजुन देशमा पुगेका छन तथा विश्वभर सन्जाल फैलाउने उद्देश्य अनुसार भुसाललाई भारतका साथै दक्षिण एसियाली देशहरु: पाकिस्तान, श्रीलन्का,बङालादेश, भुटान, माल्दिप्स एवम अफ़ग़ानिस्तानको जिम्मा दिएको अर्घाखाँचीडटकमका दक्षिण एसिया प्रमुख एवम भारत ब्युरो प्रमुख दिपक जिसीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ। भारतमा नै हुर्केर उच्च शिक्षा हासिल गर्नुभएका भुसालले अर्घाखाँचीडट्कमको नेपाली एवम अग्रेजी सस्करण र पछि हिन्दी सस्करण समाचारका लागि वरिष्ट भारत सम्वादाताको रुपमा रही काम गर्नुहुनेछ।
लामो सयमदेखी अनेकौ भारतीय संचारमाध्यम कार्यरत भुसाल 24X7 हिन्दी टेलिभिजनका समाचार एवम कार्यक्रम निर्माता एवम प्रस्तोता हुनुहुन्छ।
अर्घाखाँचीडटकमले भारतीय राजधानी नई दिल्लीबाट केही समय मै साप्ताहिक रुपमा पत्रिका प्रकाशन गर्ने तयारी गरिरहेको छ भने पछि यसलाई अन्य राज्य-शहरमा विस्तार गर्दै दैनिकीको रुपमा प्रकाशन ल्याउने छ।
यसैक्रममा अर्घाखाँचीडटकमले केही सयममै अग्रेजी सस्करणमा प्रकाशन शुरु गर्दै अन्य भाषाहरु जस्तै जर्मनी सस्करण, फ्रेन्च सस्करण, स्पनिश सस्करण, हिन्दी सस्करण र अरबिक सस्करणमा समेत प्रकाशन गर्ने तयारी गरिरहेको छ । जस अनुसार नेपालको ईतिहासमा पहिलो पटक अनेकौ अन्तरराष्ट्रिय भाषामा आफ्नो प्रकाशन ल्याउने पहिलो संचारमाध्यम भनेको अर्घाखाँचीडट्कम नै हुनेछ।