उत्तर कोरियाका लागि वार्ताको ढोका खुल्ला रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाइ

दक्षिण कोरियाका राष्ट्रपति ली म्युङ्ग वाकले उत्तर कोरियाका लागि वार्ताको ढोका खुल्ला रहेको स्पष्ट पारेका छन्। तर राष्ट्रपति लीले प्योङ्याङ्गको कुनै पनि सैन्य आक्रमणलाई दक्षिण कोरियाले कडा र कठोर प्रतिवाद गर्ने चेतावनी पनि दिएका छन्।

 

सोमबार नयाँ वर्षको अवसरमा राष्ट्रिय टेलिभिजन मार्फत सम्बेाधन गर्दै राष्ट्रपति लीले वार्ताका लागि उत्तर कोरिया गम्भिर हुनु पर्ने जोड दिएका छन्। उनले सोलले प्योङयाङ्गका लागि आर्थीक अनुदानको प्रस्ताव पनि अघि सार्न चाहेको पनि बताएकोे जानकारी दक्षिण कोरियाली संचार माध्यमहरुले दिएका छन्।

 

सन् उन्नाइस पचासदेखि त्रिपन्न सम्म चलेको कोरियाली युद्ध पछि गत वर्ष भएको हिसांत्मक तनाब मत्थर गर्ने उद्धेश्यले उत्तर कोरियाले दुई दिन अघि सारेको वार्ताको प्रस्ताव पछि दक्षिण कोरियाको सो टिप्पणी सार्वजनिक भएको हो। गत नोभेम्बरमा उत्तर कोरियाले विवादित टापूमा गोलाबारी गरेपछि चार जना दक्षिण कोरियाली नागरिकको मृत्यु भएपछि दुइ कोरियाली राष्ट्र बीचको तनाब उच्च विन्दूमा पुगेको थियो।