भारतीय प्रधानमन्त्रीद्बारा सत्तारुढ पार्टीबीचको मित्रतालाई सबल पार्ने कुरा व्यक्त

भारतीय प्रधानमन्त्री मनमोहन सिहंले आज तीन तारिख सञ्चार माध्यमसमक्ष सम्बोधन गर्दै भारतिय राष्ट्रिय कङ्ग्रेसको नेतृत्वमा रहेका सम्पूर्ण सत्तारुढ पार्टीबीच भित्री एकता बलियो भएको छ भन्दै सरकारबाट हट्ने सम्भावना नभएको बताउनुभएको छ।

      श्री सिहंले भारतको दक्षिणी शहर चेन्नाइमा उक्त कुरा बताउनुभएको हो। साथै उहाँले त्यहाँ सत्तारुढ पार्टीका मुख्य सदस्यसँग भेटवार्ता गर्दै सत्तारुढ पार्टीको टेलिकम घोटाला सम्बन्धमा छलफल गर्नुभएको छ।

      साथै भारतीय सत्तारुढ पार्टीका मुख्य सदस्यले सञ्चार माध्यमसँग कुराकानी गर्दै सत्तारुढ पार्टीको भित्री एकता बलियो छ र केन्द्रीय सरकारले कुनै पनि दबावको समाधान गर्नसक्ने क्षमता रहेको बताएका छन।