अखिल नेपाल शिक्षक संघको अध्यक्षमा अर्घाखाँचीका नरेन्द्रबहादुर थापा

– किरण पाण्डे

अर्घाखाँची टाईम्स बुटवल प्रतिनिधि

अखाँटा – यूएई डेस्क – अखिल नेपाल शिक्षक संघको राष्टिरुय महाधिवेशन बुटवलमा सकिएको छ। २० सूत्रीय पेशागत माग तथा २२ सूत्रीय शैक्षिक सुधारका माग राख्दै बुटवलमा सम्पन्न भेलाले नयाँ नेतृत्वसमेत चयन गरेको जनाइएको छ।

दुई दिनसम्म संचालन भएको महाधिवेशनले तीनवर्षे कार्यकालको लागि अर्घाखाँचीका नरेन्द्रबहादुर थापाको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति र ४ सदस्यीय सल्लाहकार रहेको केन्द्रीय कार्यसमिति चयन गरेको हो।जसको वरिष्ठ उपाध्यक्षमा सानोभाइ कार्की पूर्वान्चल,उपाध्यक्षमा पदम खड्का, मध्यमान्चलमा तुलसीनारायण श्रेष्ठ, पश्चिमान्चलमा यदुमणि गौतम,मध्य पश्चिमान्चलमा तारा बेल्बासे, सुदूर मान्चलमा महेन्द्रकुमार बस्नेत रहेका छन् ।


त्यसैगरी महासचिवमा चक्रपाणि पौडेल,सचिवमा कृष्ण गिरी,महिला सचिवमा कमला बन्जाडे,कोषाध्यक्षमा हरिप्रसाद भुसाल रहेका छन् । महाधिवेशनबाट १४ अचलबाट एकएक जना,निजी विद्यालयबाट एक जना,निवृत्त शिक्षक सदस्य १ र अन्य ७ सदस्य गरी ३३ सदस्यीय कार्यसमिति चयन भएको आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो ।


सम्मेलनले अस्थायी शिक्षकलाई प्रकि्रया पुरुयाएर स्थायी गरिनुपर्ने विद्यालय कर्मचरीका लागि अनुदान नभई दरबन्दी सिर्जना गरिनुपर्ने शिक्षक अस्पताल बनाउनुपर्ने लगायतका माग संघले अघि सारेको छ । त्यसैगरी संघले उमावि तहसम्म निःशुल्क शिक्षा विद्यालयको पहरुच बाहिर रहेका विद्यार्थीहरु विद्यालयमा भर्ना हुने वातावरण मिलाउनुपर्ने लगायतका शैक्षिक सुधारका मागहरु पनि अधिवेशनले अनुमोदन गरेको संघका अध्यक्ष नरेन्द्रबहादुर थापाले जानकारी दिए । अधिवेशनमा ४२ जिल्लाका १ सय ५१ जना प्रतिनिधि पर्यवेक्षकको सहभागिता रहेको थियो ।




अन्य समाचारहरु