आज सन् २ हजार ११ को पहिलो खण्डग्रास सूर्यग्रहण

काठमाडौ – आज विहान सुर्योदयसँगै उत्तरी अफ्रीका र अधिकांश युरोपबाट यो खण्डग्रास सूर्यग्रहण देखिनेछ भने रुस र उत्तरपश्चिमी चीनबाट आज साँझ यो ग्रहण देख्न सकिने छ ।


यो खण्डग्रास सबैभन्दा राम्ररी उत्तरपूर्वी स्वीडेनबाट देख्न सकिने छ । उत्तरी अल्जेरियाबाट यो ग्रहण सबैभन्दा पहिले विहान ग्रीनविच समय अनुसार ६ बजेर ४० मिनेटमा देखिएको छ ।


यो ग्रहणलाई दक्षिण एसियामा पाकिस्तानको कराची सहरबाट देख्न सकिनेछ । कराचीबाट सबैभन्दा कम ३ प्रतिशत ग्रहण देखिने छ ।