आइभरीकोष्टको राजनैतिक संकट समाधानका लागि अफ्रिकी राष्ट्रद्वारा पुनः कुटनीतिक पहल सुरु, अफ्रिकी संघका नेताद्वारा बाग्बोसँग भेटवार्ता

अफ्रिकी राष्ट्रहरुले आइभरीकोष्टको राजनैतिक संकट समाधानको लागि नयाँ कुटनीतिक पहल थालनी गरेका छन्। पश्चिमी अफ्रिकी मुलुकहरुको क्षेत्रीय संगठन इकोवास र अफ्रिकी संघका ४ नेताहरुले आइभरीकोष्टको राजधानी अबिदजानमा विवादास्पद राष्ट्रपति लरेन्ट बाग्बोसँग भेटघाट गरेका छन्।

 

अफ्रिकी संघको तर्फबाट प्रतिनिधित्व गर्ने एक नेतामा केन्याका प्रधानमन्त्री राइला ओडिंगा समेत रहेका छन्। उनले आइभरीकोष्टका राष्ट्रपति बाग्बो र विपक्षी नेता अलासान कोटाराबीच मध्यस्थताको भूमिका निर्वाह गर्ने बताइएको छ। २ महिनाअघि सम्पन्न आइभरीकोष्टको राष्ट्रपतिय निर्वाचनमा विपक्षी उम्मेदवार ओटाराले स्पष्ट जित हासिल गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको थियो।

 

यद्यपी आइभरीकोष्टको संबैधानिक परिषदले मतपरणामलाई निर्णयलाई उल्टाउदै बाग्बोलाई नयाँ राष्ट्रपति चयनको लागि मार्ग प्रशस्त गरेपछि त्यहाँ संकट गहिदिदै गएको हो।  निर्वाचन यता भड्किएको राजनैतिक हिंसाका कारण आइभरीकोष्टमा २ सय जनाको मृत्यु भइसकेको छ। उता सेनाको समर्थन प्राप्त बाग्बोले आफू राष्ट्रपतिको रुपमा रहेको भन्ने उनको अडानलाई त्याग्न नसकेका कारण राजनैतिक संकट चुलिएर गएको छ।