भारतको उत्तरी क्षेत्रमा शितलहर, जाडोले कठ्यांग्रिएर उत्तर प्रदेशमा मात्र कम्तीमा चौबिस जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा जाडोले कठाग्रीएर कम्तीमा चौबिस जनाको मृत्यु भएको छ। कठ्याङिग्रने जाडोले राजधानी नयाँ दिल्ली, भारत प्रशासित काश्मिर, हरियाणा, पञ्जाब लगायतका स्थानमा पनि जनजीवन प्रभावित भएको छ। भारत प्रशासित काश्मिरको लेह इलाकामा तापक्रम सुन्य देखि तेइस दशमलब छ भन्दा पनि कम भएको भारतीय मौषम विज्ञान विभागले जनाएको छ। काश्मिरका विभिन्न इलाकामा सडकमा जताततै हिउँ थुप्रिएपछि काश्मिर जोड्ने इलाकाको सडकमार्ग अवरुद्ध हुन पुगेको छ।

 

राजधानी नयाँ दिल्लीमा पनि यो वर्षको सबैभन्दा चिसो रेकर्ड गरिएको मौषम विभागका अधिकारीहरुले बताएका छन्। दिल्लीको आकाशलाई हुस्सु र कुहिरोले ढाकेपछि हवाइ उडान समेत प्रभावित भएको छ। दिल्लीमा आइतबारको तापक्रम सुन्य देखि सात दशमलब आठ डिग्री सेल्सीयस भन्दा तल झरेको थियो।