‘लभ’ को कारण के हो ? किन हुन्छ प्रेमी-प्रेमिकाबीच आकर्षण ? वैज्ञानिकहरूले कैयौं प्रयास गरेका छन् । तिनका केही खोजमा विश्वास गर्ने हो भने दुई प्रेमीबीच ‘इमोसन’ र त्यसमा परिवर्तनको कारण हो शरीरमा हुने रासायनिक तत्व ।
‘लभ’ का बेग्लाबेग्लै चरण जस्तो कि ‘इन्फेचुएसन’, ‘कडलिङ्ग’, ‘एट्रेक्सन’ यहाँसम्म कि विश्वासघात -विट्रायल) को पछि पनि केही खास केमिकलको हात हुन्छ । वैज्ञानिकहरूका अनुसार आकर्षण वस्तुतः यी ‘न्युरोकेमिकल’ का ‘भर्चुअल एक्सप्लोजन’ सरह हुन्छ । पीइए एक केमिकल हुन्छ जसले ‘नर्भ सेल्स’ माझ सूचनाको प्रवाह बढाउँदछ । यो केमिस्ट्रीमा ‘डोपामाइन’ र नोरिफिनेराइन’ नामक दुई केमिकल्सले बडो रोचक काम गर्दछ । डोपामाइनले ‘फिल गुड’ को अनुभूति दिलाउँछ तथा नोरिफिने राइन’ एडि्रनोलिनको उत्पादन बढाउँदछ कसैलाई हेर्दा बढ्ने मुटुको धड्कन यी रसायनकै काम हुन यी तीनटै रसायनले संयुक्तरूपमा काम गर्दछ । यसै कारण नयाँ प्रेमीले आफूलाई हावामा उडिरहेको तथा एकदमै उर्जा पाएका अनुभव गर्दछ ।
कसैसँग ‘कडल-अप’ गर्ने मन त्यसै हुँदैन । अक्सिटोसिन जसलाई कडलिग केमिकल पनि भनिन्छ यो त्यसैको कारण हो । अक्सिटोसिन मदरहुडसँग सम्बद्ध रहेको पनि मानिन्छ तर यसले महिला पुरुष दुबैलाई बढी कुल र एक अर्काको फिर्लिग्सलाई संवेदनशील पनि बनाउँदछ । सेक्सुअल भावनामा पनि यसको खास भूमिका हुन्छ । भावनात्मक कारण पनि हुन्छ ।
प्रेमी-प्रेमिकाको तस्बिर हेर्नु, त्यसबारे सोच्नुदेखि आवाज सुन्ने, खास ‘एपिरियेन्स’ सम्मले तपाईंको शरीरका अक्सिटोसिनका उत्पादन बढाउन सक्छ । यदि प्रेमी उपस्थित छ भने यही हार्मोनले एक अर्कालाई अँगालो हाल्न प्रेरित गर्दछ । इन्फेचुएसन कम हुनासाथ केमिकल्सको एक नयाँ समूहले टेकओभर गर्दछ, यसलाई ‘इन्डोफिन्स’ले सिर्जना गर्छ । यो पीइएझै उत्तेजक हुँदैन तर बढी ‘एडिक्टिभ’ र ‘कुल’ गर्ने हुन्छ । यसैले गर्दा इन्फेचुएसनपछि मायाको अर्को चरण अर्थात् एटेचमेन्टमा अन्तरङ्गता सँगसँगै, विश्वास, न्यानोपन एवम् सँगै समय बिताउने जस्तो भावना विकसित हुन्छ । जति यी रसायनको बानी बस्छ त्यति नै प्रेमी प्रेमिकालाई एक अर्काबाट टाढिन मुश्किल हुन्छ । यसै कारण लामो अफेयर्स या सम्बन्ध टुटन मानिसलाई असहृय हुने गर्छ । यसको कारण यी केमिकल्सको बानी । यसैले पार्टनर टाढिदा वा मिस गर्दा पनि यही ‘एडोफिन्स’ हुने गर्छ ।
स्रोत ः इन्टरनेट