लेखा समितिद्बारा राजधानीका विभिन्न ठाउँमा बनाउने तयारी गरिएका १२ वटा आकाशे पुलको निर्माण रोक्न निर्देशन

काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार संसदको सार्वजनिक लेखा समितिले राजधानीका विभिन्न ठाउँमा बनाउने तयारी गरिएका १२ वटा आकाशे पुलको निर्माण रोक्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ ।

समितिको बुधबारको बैठकले सम्वन्धित निकायले तयार पारेको सार्वजनिक खरिद ऐन तथा स्वीकृत आधार र डिजाइन भन्दा फरक ढङ्गमा आकाशेपुल बनाउन लागिएको भन्दै तत्काल निर्माण कार्य रोक्न निर्देशन दिएको हो । सभापति रामकृष्ण यादवका अनुसार डिजाइनको स्वीकृति समेत नलिएको र त्रुटिपुर्ण ढंगले नविकरण गरेको ठहरसहित समितिले निर्माणमा अहिलेसम्म भएका सवै काम र सम्झौता रद्द गर्न निर्देशन दिइएको छ ।

समितिले राजधानीको सुन्दरता नविग्रने र स्थानीय समुदायलाई असर नपर्ने गरी ‘फ्लाइओभर’ निर्माण गर्ने विकल्प खोज्न सम्वन्धित निकायलाई निर्देशन दिएको छ । समितिले महानगरपालिका भौतिक योजना मन्त्रालय लगायत निकायका पदाधिकारीसँग सोधपुछ गरेको थियो ।