काठमाडौं – संचारमाध्यमहरुले जनाए अनुसार ज्ञानेश्वरस्थित हिमाल अस्पताल नजिकबाट केहीबेरअघि मात्र पवन सरिया नामका व्यापारीबाट लुटेराले ७० लाख ५० हजार रुपियाँ लुटेर लगेका छन्। मोटरसाइकलमा आएका तीन जनाले उक्त रकम लुटेर भागेका थिए।
उनीहरुले आफू चढेर आएको मोटरसाइकल भने घटनास्थलमै छाडेर भागेका थिए। लुटेरा फरार छन्। प्रहरीले अहिले लुटेराहरु भाग्न सक्ने सम्भावित क्षेत्रमा व्यापक चेकजाँच थालेको छ।
पवन उक्त पैसा लिएर आफ्नो घरभित्र पस्न लाग्दा लुटिएका थिए। उनको घर नम्बर ५५९ हो। लुटिसकेपछि उनीहरु भाग्न खोज्दा मोटरसाइकल स्टार्ट नभएकाले केही पर पुगेर भगवतीबहालनेरबाट अर्को मोटरसाइकल चढेर लुटेरा भागेका थिए। लुट्ने क्रममा ब्याग खोसाखोस भएपछि लुटेराले पवनलाई पेस्तोल ताकेका थिए।
यो घरमा सिएफएल चिमको गोदाम छ। पवन वा २८ क ६७७७ नं. को मोटरसाइकल चढेर घर आएका थिए।