हे छोरी मेरी


– राजेन्द्र जि.सी.सन्धिखर्क-६ अर्घाखाँची
हाल दुबइ (यू.ए.ई)

 

हे छोरी मेरी तिमीनै हौ दु:खको सारा सुखको संसार
यो बाबाको जीवनमा बोकी ल्याउ उमङ्गको नयाँ बहार
म्युजिक————————–
छुमुर छुमुर नाची खेल्थ्यौ सानी छँदा आँगनिमा
टुकुर टुकुर गरी हिड्थ्यौ झुल्के घाम बिहानिमा
तोते तोते बोलिले बाबा भनी बोलाउँथ्यौ
यता उता न देख्दा रोई कराई टोलाउँथ्यौ
हे छोरी मेरी——————
कती राम्रो फुल फुल्थ्यो करेसाको वरी परी
निमुठेर च्याती दिन्थ्यौ दुई हातले सोरी सोरी
कख गघ पढ भन्दा कापी किताब च्याती दिने
बुबु माम खाउ भन्दा झगडा गरी माती दिने
हे छोरी मेरी——————
हजार तारा आकाशमा तिमी मात्र जुन हौ
सयौं काँडा बगैचामा तिमी एेउटा फुल हौ
फैली जाऊ चारै तिर दिब्य ज्योति बनेर
लम्की रहु प्रगतिमा सफलतालाई चुमेर
हे छोरी मेरी——————