अमेरिकी सेनाको कैन्द्रीय कमाण्डर-कार्यालयले 6 तारिखका दिन जनाएअनुसार अमेरिकाले अफ्गानिस्तानलाई स्थल टुकडीका 1 हजार 4 सय जना जवानहरु थप पठाउने भएको छ।
अमेरिकी सेनाले दिएको एउटा विज्ञप्तिअनुसार अफ्गानिस्तानको दक्षिण-पश्चिमी क्षेत्रको सुरक्षा प्रतिरक्षात्मक क्षमतालाई सबल पार्न र यस क्षेत्रका महत्वपूर्ण आधारभूत प्रबन्धको स्थापना गर्ने कार्यलाई गतिशील तुल्याउनका लागि अमेरिकाले नयाँ थप सैनिकलाई खास गरी उक्त क्षेत्रमा तैनाथ गर्नेछ। यो तैनाथ गर्ने काम अल्पकालीन रहेको छ। आफ्नो कार्यभार समाप्त भएपछि ती थप सेना अबिलम्ब रुपमा अफ्गानिस्तानबाट हटेर जानेछन्।