अमेरिकी रक्षामन्त्री रवर्ट गेट्सद्वारा अठहत्तर अर्व डलर खर्च कटौतीको घोषणा

अमेरिकी रक्षा मन्त्री रवर्ट गेट्सले रक्षा बजेटमा ७८ अर्व डलरको कटौतीको घोषणा गरेका छन्। घोषणमा सेनाको वाहनमा हुने १४ अर्व डलर खर्च पनि सामेल छ।

 

उनले अमेरिकाको बित्तीय संकटलाई ध्यानमा राख्दै रक्षा बजेटमा कटौतीको घोषणा गरेका हुन्। गेट्सले सन् २०१५ पछि सैनिकहरुको स्थायी संख्यामा ४७ हजार कटौती गरिने जनाएका छन्। यसैगरी उनले सो समयपछि मरिन सैनिकको संख्यामा १५ देखि २० हजारको कटौती गरिने पनि जनाएका छन्।

 

यो कटौती रक्षा मन्त्रालयको ५ वर्षे योजनाको एक अंग रहेको बताइएको छ। अमेरिकी कंग्रेसका केही विपक्षी सदस्यले भने रक्षा बजेटमा कटौती गर्ने घोषणाको विरोध गरेका छन्।