पश्चिम बंगालको लालगढ इल्ााकामा भएको राजनीतिक हिसांमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ। लालगढको नेताइ गाउँमा सत्तारुढ मार्क्सवादी कम्युनिष्ट पार्टी सीपीएम र प्रमूख विपक्षी दल तृणमूल कांग्रेसका कार्यकर्ता बीच सो हिसांत्मक झडप भएको जानकारी भारतीय सञ्चार माध्यमहरुले दिएका छन्। केन्द्रीय गृहमन्त्री पी चिदम्बरमले सो घटनाप्रति खेद ब्यक्त गरेका छन्।
चिदम्बरमले पश्चिम बंगालका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यलाइ एक पत्र प्रेसित गर्दै घटनाको भत्सर्ना गरेका हुन्। हतियारधारी सीपीएमका कार्यकर्ताहरुको गाउँमा राखिएको शिविर विरुद्ध तृणमुल कंग्रेसका कार्यकताले विरोध गरेपछि शिविरभित्रबाट गोलाबारी भएको तृणमूल कंाग्रेसले आरोप लगाएको छ। सो गोलाबारीमा परी अन्य दर्जनौ मानिस घाइते भएको बताइएको छ।
तर सत्तारुढ सिपीएमले सो शिविरबाट आफ्ना कार्यकर्ताले गोल नचलाएको भन्दै आरोपको ख48डन गरेको छ। सो घटनाको विरोधमा तृणमूल कंाग्रेस मारिएका कार्यकर्ताको शव लिएर सडक संघर्षमा उत्रेको छ। तृणमुल कंग्रेसकी नेतृ एवम् केन्द्रीय रेलमन्त्री ममता बैनर्जीले सो घटनालाइ नरसंहारको संज्ञा दिएकी छिन्।