अर्घाखाँचीको ठाडा स्थित ज्योती उमाविको अध्यक्षमा श्रेष्ठ

ठाडा, अर्घाखाँची – जिल्लाको ठाडा गाविसको ज्योती उच्च माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बसन्त कुमार श्रेष्ठ निर्वाचित भएका छन ।

 

नेकपा एमाले जिल्ला कमिटी सदस्य श्रेष्ठले २ सय २८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन उनका प्रतिद्धन्धी नेपाली काग्रेसका पुर्व गाउँ सभापति कुमार केशव िसंह बेल्वासेले १ सय ८९ मत र जनमुक्ति पाटीका जिल्ला अध्यक्ष मधु बहादुर सारुले १४ मत ल्याएका थिए । श्रेष्ठ एमाले र माओवादीको तालमेलमा चुनाव जितेका हुन ।

 

यस अघि पनि उनी विद्यालयको निर्वाचित अध्यक्ष थिए । चार सदस्यीय व्यववस्थापन समितिमा श्रेष्ठको प्यानलले जितेको छ । जसको सदस्यमा एमालेका रुपा बेल्बासे काशिराम आचार्य मेघ बहादुर बेल्वासे रहेका छन । उक्त उमाविमा १२ सम्मको कक्षा सचालन हुदै आएको छ ।

 

 

Arghakhanchi.Com editor Birendra KC contributed to this report.



अन्य समाचारहरु