– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल तर्फ जाँदै गरेको ग १ ज ३०९७ नम्बरको जीप जिल्लाको ठाडा अमराईको फेब्रेनीमा दुर्घटना हुदा जीपमा सवार १० जना यात्रु घाईले भएका छन ।
जसमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । आईतवार दिउसो सन्धिखर्कबाट बुटलवका लागि हिडेको उक्त जीप ओरालो झर्ने बेलामा जीपको पछाडी पटिको टायर एक्कासी पडकिएपछि अनियन्त्रित भई सडक माथि भित्तामा ठोकिदा दुर्घटना भएको हो ।
घाईतेको लुम्बिनी अन्चल अस्पताल बुलबलमा उपचारका लागि लगिएको छ ।